पोखरा। जिल्ला प्रशासन कार्यालय कास्कीले जारी राखेको निषेधाज्ञा खुकुलो गर्दै साउन २० गतेसम्म थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा सोमबार रातिदेखि सकिन लागेको निषेधाज्ञाको समय थप १५ दिन लम्ब्याइएको हो । निषेधाज्ञा साउन २० गते राति १२ बजेसम्म जारी रहने छ ।
विज्ञप्ति अनुसार अब कास्की भित्र चल्ने निजी सवारीसाधन र ट्याकसीको हकमा चालकसहित बढीमा ४ जना सवार रही स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर निर्वाध चल्न पाउनेछन् । जसमा मोटरसाइकल तथा स्कुटरले पनि मापदण्ड अपनाएर निर्वाध संचालन हुन पाउनेछन् ।
यस्तै लामो दूरीका सवारी साधनहरुले निश्चित संख्यामा सम्बन्धित यातायात व्यवसायी संघ संस्था र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा सवारी संचालन गर्न पाउने भएका छन् । जसका लागि स्विकृत गरिएको सिट संख्या भन्दा बढी यात्रु राख्न पाइने छैन । चालक तथा सहचालकले अनिवार्य फेससिल्ड प्रयोग गर्नुपर्ने छ भने, यात्रुले मास्क अनिवार्य लगाउनु पर्ने छ ।
यस्तै विश्वविधालय, क्याम्पस एवं माध्यामिक विद्यालयहरुले पूर्व निर्धारित परीक्षाहरु नेपाल सरकार कोभिड -१९ संकट व्यवस्थान केन्द्रको साउन ३ गतेको परीक्षा संचालन सम्बन्धमा अपनाउनुपर्ने सावधानीका उपायहरु कडाईका साथ पालना गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी संचालन गर्न सक्ने भएका छन्।
यस्तै होटल तथा रेष्टुरेन्टहरुले अनलाइन डेलिभरी राति ८ बजेसम्म मापदण्ड अपनाएर संचालन गर्न पाउने छन्।भने, होटलमा बास बस्न आउने पाहुनालाई बेड क्षमताको ५० प्रतिशतसम्म रहने गरी खान बस्नको प्रवन्ध गर्न सक्नेछन् । तर, एका घरका परिवारबाहेक १ कोठामा १ जना भन्दा बढी व्यक्ति राख्न पाइने छैन । ।

सम्बन्धित खबर
नयाँ भनिएको पार्टीहरूले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै छन् : विप्लव
निर्वाचन आयोगद्वारा नमूना मतपत्र सार्वजनिक, काठमाडौंको सबैभन्दा ठूलो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ