एमालेको केन्द्रीय कमिटी बैठक आज पनि

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि

uml-meeting

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । साउन ४ गतेदेखि जारी बैठक दिउँसो ३ बजे पुष्पलाल स्मृति भवन च्यासलमै बस्ने जनाइएको छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जना सांसदलाई सोधिएको स्पष्टीकरणको बारेमा निर्णय गर्न सक्ने बताइएको छ।

यस्तै, अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषय कार्यसूची पनि रहेका छन् ।

हिजोको तेस्रो दिनको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गरेका छन्। बैठकले आफूहरू फेरि पुरानै ठाउँमा आउने पनि निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ