जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस

जसपा विवादबारे निर्वाचन आयोगमा आज बहस

nirbachan_aayog 1

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को विवादको निर्णय दिन निर्वाचन आयोगको इजलास आज बस्दैछ । आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ ।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ ।

दुवै पक्षका ३/३ जना कानुन व्यवसायीलाई आयोगले बहसका लागि २/२ घण्टाको समय निर्धारण गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ