अपमान र गलत कुरा सहेर बस्न सकिँदैनः माधव नेपाल

अपमान र गलत कुरा सहेर बस्न सकिँदैनः माधव नेपाल

Madhab-Nepal

काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व नसुध्रिए अपमान सहेर बस्न नसकिने बताएका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा बिहीबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा गरिएको कार्यक्रममा नेता नेपालले अब अपमान र गलत कुरा सहेर बस्न नसकिने प्रष्ट पारेका हुन् ।

परिस्थिति के हुन्छ भनेर आफूले हेरिरहेको भन्दै उनले थपे, ‘नेतृत्व सुध्रिन चाहन्छ भने ठीक छ । आफूले बनाएको घर छाडेर जाने चाहना कसैको हुँदैन तर अपमान सहेर, गलत कुरो सहेर बस्न सकिँदैन।’

उनले पार्टीभित्रका विभिन्न घाउ/खटिराले दुःख दिइरहेको भन्दै पार्टीलाई शुद्धीकरण गर्दै नयाँ ढंगबाट अघि लैजानुपर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds