गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनले कोभिड १९ (कोरोना) सँग सामना गर्न अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीको प्रोत्साहन स्वरूप एक करोड विनियोजन गरेका छन् ।
शुक्रबार अर्थ मन्त्रालयको कार्यभार सम्हालेसँगै प्रदेशका नवनियुक्त अर्थमन्त्री बरालले विश्वव्यापी रूपमा फैलिएको कोरोनाको रोकथाम तथा नियन्त्रणमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीको प्रोत्साहन स्वरूप एक करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेका हुन् ।
पदभार ग्रहण पश्चात अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिंदै मन्त्री बरालले खुबी, क्षमता, दक्षता र सृजनशीलताको आवश्यकता अनुरूप कार्यान्वयन गर्न र समयमै काम सम्पन्न गर्ने दायित्व वहन गर्नुपर्नेमा जोड दिए। मन्त्री बरालले विना हिचकिचाहट ढुक्क भएर आवश्यकताको आधारमा योजना कार्यान्वयन गर्न कुनै प्रकारको कठिनाइ र हस्तक्षेप नहुने स्पष्ट पारे ।
अर्थका श्रोतहरूमा ध्यान केन्द्रित गर्ने गरी पुँजीगत खर्चलाई अधिकतम ढङ्गले परिचालन गर्ने आफ्नो योजना रहेको मन्त्री बरालको भनाई छ । पुँजीगत खर्च गर्न नसकेको हालको अवस्थामा आवश्यकताको आधारमा रकमान्तर गरेर भए पनि बजेट खर्च गर्ने गरिने उनको भनाई छ ।
सम्बन्धित खबर
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो