काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशन तत्कालको लागि स्थगित भएको छ ।
शनिबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने वडा तहका अधिवेशनको तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको हो ।
प्रधानन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । अधिवेशनको अर्को मिति छिटै तोकिने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ । तर, क्रियाशील सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल सुरु भएको छ ।
कांग्रेसले भदौ १६ गतेदेखि हुने चौधौँ केन्द्रीय महाधिवेशनको लागि साउन १२ गते वडा अधिवेशन, साउन १६ गते पालिकाको अधिवेशन, २० गते प्रदेशसभा क्षेत्र तथा २३ र २६ गते प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ ।
यस्तै भदौको १ र २ गते प्रदेश अधिवेशनको कार्यतालिका छ । वडाको अधिवेशन स्थगित भएपनि अरु अधिवेशनको तालिकाको बारेमा अहिले कुनै निर्णय नभएको प्रवक्ता शर्माले जानकारी दिए ।
बैठकले क्रियाशील सदस्यताको विषयलाई लिएर पार्टी कार्यालयमा धर्नामा बसेका नेता तथा कार्यकर्ताहरूको गुनासो सम्बोधन गर्ने निर्णय पनि गरेको छ । बैठकमा मन्त्रीमण्डल विस्तार लगायतका अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु