नेपालमा फेरि बढ्न थाले कोरोना संक्रमित- थप ३११४ जनामा पुष्टि, १६ को मृत्यु

नेपालमा फेरि बढ्न थाले कोरोना संक्रमित- थप ३११४ जनामा पुष्टि, १६ को मृत्यु

deathh corona

File Photo

देशभर थप ३ हजार ११४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६२५ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३०९ जनामा र ४ हजार २८५ जनाको एन्टिजेन परीक्षण गर्दा ८०५ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २ हजार १९७ जना संक्रमण मुक्त भएका छन्।

यस्तै, थप १६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। देशभर संक्रमणका कारण ९ हजार ६९५ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयको तथ्यांका अनुसार काठमाडौं उपत्यकामा थप ६१५ नाममा कोभिड १९ संक्रमण देखिएको छ। काठमाडौंमा सबैभन्दा बढी ४२१ जनामा संक्रमण देखिएको छ भने ललितपुरमा १०८ जना र भक्तपुरमा ८६ जनामा संक्रमण देखिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ