देशको धेरै जनसंख्या मेरो साथमा छः अध्यक्ष ओली

देशको धेरै जनसंख्या मेरो साथमा छः अध्यक्ष ओली

KP Oli PM Nepal

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै उनले एमाले एउटा परिपक्व राजनीतिक पार्टी भएको बताए ।

उनले नाम नलिइ एक लेखकले ‘केपी ओलीका सुन्डमुसन्डहरुले घर अगाडि आएर चाख्लास्, पख्लास्’ भने रे भन्दै त्यस्तो अफवाह र वाहियात कुरा नगर्न सचेत गराए ।

‘केपी ओलीको साथमा रहेको कुनै २÷४ जनाको झुण्ड होइन । देशको सबभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको साथमा छ ।’ उनले भने– ‘नेकपा कुनै गुण्डा दल होइन, एउटा परिपक्व राजनीतिक पार्टी हो, जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ ।’

एमाले वरिष्ठ नेता नेपालले हालै मात्र सुण्डमुसुण्डहरुले आफूलाई तर्साउन खोजेको बताएका थिए ।

नेता नेपालतर्फ संकेत गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीको पुच्छर भएको र आन्दोलनलाई कमजोर बनाउन लागेको आरोपसमेत लगाए ।

उनले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराध विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताए । उनले भने, ‘एकछिन आकाशमा बादल आउन सक्छ, एकछिन ओझेल पार्न सक्छ तर एकछिनपछि सूर्यले प्रकाश दिन्छ नै ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ