कोरोनाका कारण लामो समय ठप्प भएको पठनपाठन सहज बनाउन विद्यार्थीलाई निःशुल्क चल्ने सिमकार्ड वितरण गरिएको छ । जिल्लाको रम्भा गाउँपालिकाले पालिकाभित्रका विद्यार्थीलाई पठनपाठनमा सहज होस् भनेर एक हजार पाँच सयभन्दा बढी विद्यार्थीहरूलाई निःशुल्क सिमकार्ड वितरण गरेको हो ।
निषेधाज्ञाले लामो समयसम्म विद्यालयमा पठनपाठन हुन नसकेको बेला अनलाइन कक्षाका लागि र फोनमार्फत विद्यार्थीलाई सोधपुछ गर्न सहज होस् भनेर सिमकार्ड वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
सिमकार्डबाट विद्यार्थीले शिक्षकलाई सोझै फोन गरेर गृहकार्यका लागि पृष्ठपोषण र पाठ्यपुस्तकको आवश्यक जानकारी लिन सक्नेछन् । निषेधाज्ञाका कारण लामो समय विद्यालय बन्द भएपछि शिक्षण क्रियाकलाप सहज बनाउन सिम वितरण गरिएको रम्भा गाउँपालिकाका शिक्षा संयोजक काशीराम बस्यालले बताए ।
अहिले पनि कोरोना संक्रमण नघटेकाले सिम वितरण गरेर वैकल्पिक माध्यमबाट सिकाइ सुरुवात गरिएको बस्यालले बताए । यसअघि घरमै त्यसै बसेका विद्यार्थीले सिमकार्ड पाउनासाथ विषय शिक्षकलाई सोधपुछ गर्न थालेको रविकिरण मावि पीपलडाँडाका प्रधानाध्यापक केशबहादुर सारुले बताए ।
गाउँपालिकाले हालसम्म कक्षा–४ देखि १० कक्षासम्मका एक हजार सात सय ६५ जना विद्यार्थीलाई निःशुल्क सिम वितरण गरेको जनाएको छ । सातवटा मावि र एउटा आधारभूत विद्यालयका गरी एक हजार सात सय ६५ जना विद्यार्थीलाई सिमकार्ड वितरण गरिसकिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।
उनले त्यसका लागि गाउँपालिकाले प्रतिसिम एक सय २५ रुपियाँ विद्यालयलाई रकम उपलब्ध गराएको जानकारी दिए । -गोरखापत्र
सम्बन्धित खबर
त्रिविका मौका परीक्षा दिन काठमाण्डु जान नपर्ने, अब क्षेत्रीय केन्द्रबाटै हुने
यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म
विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षा आजको आवश्यकता: प्रदेश प्रमुख भट्ट
फागुन २१ निर्वाचनले एसइई परीक्षा प्रभावित हुने, परीक्षा मिति सार्ने तयारी
क्याम्पस पढाउन पनि अब लाइसेन्स आवश्यक
‘भोलि विद्यालय बन्द गर्ने निर्णय गरेका छैनौं’ – निजी विद्यालय सञ्चालक
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान