गृहमन्त्री बालकृष्ण खाणले नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। गृह मन्त्रालयमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै नागरिकको जीवन रक्षा, उद्धार र राहतमा खटिन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
बैठकमा शनिबार राति सिन्धुपाल्चोकको हेलम्बु बजारमा आएको बाढीले चनौटे पुल बगाउँदा सडक सञ्जाल अवरुद्ध भएको भन्दै तत्काल वैकल्पिक पुलको व्यवस्था गर्नुपर्ने बताइएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सहज रुपमा खाद्यान्न र औषधिजन्य सामान ढुवानीको व्यवस्था मिलाउनुपर्ने, बाढीपहिरोले क्षति पुर्याएको सडक आवागमन सहज बनाउन तीन तहका सरकारी निकायबीच समन्वय गर्न बैठकमा निर्देशन दिइएको छ ।
बाढीपहिरोले क्षति पुर्याएको सडक पहुँच निर्माणका लागि केन्द्रले अग्रसरता लिनुपर्ने र आवश्यक बजेट व्यवस्थापनका लागि सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । तुइन हटाएर झोलुङ्गे पुल निर्माण कार्यलाई तीव्रता दिनुपर्ने गृहमन्त्री खाणले बताए ।
बैठकमा गृह सचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेललगायत उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
गण्डकीमा अखिल पदाधिकारी तहमा अञ्जली मात्रै, लेखा आयोग अध्यक्षमा सहज जीत
अनेरास्ववियु अध्यक्षमा कडरिया झिनो मतले विजयी, गण्डकीका प्रकाश ७ मतले पराजित [पूर्ण नतिजा]
मुलुक पुरानो व्यवस्थामा फर्कन सम्भावना छैनः प्रचण्ड
अखिल अध्यक्षमा प्रकाश पौडेल र डा. सुजन कडरियाको उम्मेदवारी, बन्यो दुई समूह
५२ संवैधानिक पदाधिकारीबारे फैसला साढे ४ वर्षपछि आज
पीएन स्ववियु अध्यक्ष विष्णु अनेरास्ववियु अनुशासन आयोग अध्यक्षका उम्मेद्वार
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ