कोरोनाभाइरस को उद्गमस्थल चीनमा अहिले उक्त भाइरसको डेल्टा भेरियन्टको संक्रमण फैलिरहेको छ। डेल्टा भेरियन्टको संक्रमण फैलिन थालेपछि चीनभरिका अधिकारीहरूलाई सरकारले कोरोनाको नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको छ।
समाचार संस्था सिन्ह्वाका अनुसार उपप्रधानमन्त्री सुन चुनलानले बुधबार भएको महामारी रोकथाम तथा नियन्त्रणको बैठकमा परिस्थित एकदमै तरल रहेकाले संक्रमण नियन्त्रणमा नरहेको संकेत गरेकी छन्। उनले देशका विभिन्न भागमा संक्रमण देखिएकाले अब यो कसरी अगाडि बढ्छ भन्ने निश्चित नभएको बताइन्। पछिल्लो समय नानजिङ कोरोनाको नयाँ हटस्पट बनेको थियो। गत साता चुनलानले उक्त संक्रमण नियन्त्रणमै रहेको बताएकी थिइन्।
साउथ चाइना मर्निङ पोष्टका अनुसार तीन साताअघि नान्जिङबाट सुरू भएको डेल्टा भेरियन्टको संक्रमण अहिले चीनका १७ प्रान्तमा पुगिसकेको छ। ४ सयभन्दा बढी मानिस संक्रमित भएका छन्।
राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ता मी फेङका अनुसार चीनभरि १४४ क्षेत्रलाई मध्यम र अति जोखिम भएका क्षेत्र तोकिएको छ। गत डिसेम्बरयता पहिलो पटक यति धेरै ठाउँलाई जोखिमयुक्त सूचीनमा राखिएको हो।
कोरोना संक्रमण फैलिन थालेपछि विभिन्न सहरहरूले पूरै जनसंख्याको परीक्षण थालेका छन् भने कतिपयमा लकडाउन गरिएको छ।
चीनले अहिलेसम्म झन्डै १ अर्ब ७० करोड डोज कोरोना खोप लगाएको जनाएको छ। चीनले आफूले उत्पादन गरेको खोपमात्र लगाइरहेको छ। उसले बनाएका सबै खोप दुई डोज लगाउनु पर्ने छन्।
पहलो पटक भारतमा देखिएको कोरोनाभाइरसको डेल्टा भेरियन्टले निकै संक्रामक छ। पछिल्लो समय संयुक्त राज्य अमेरिकामा पनि यही भेरियन्टले संक्रमण बढाएको छ।
सम्बन्धित खबर
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
बंगलादेशमा तरिकको नेतृत्वमा नयाँ सरकार बन्दै, मन्त्रीका लागि कार तयार
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु