‘सिजन अफ सर्भाइभल’ नारा सहित रियालिटी सो हिमालय रोडिजको चौथो सिजन सुरु भएको छ । आयोजक हिमालय टिभीले शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सोको घोषणा गर्दै विविध पक्षका बारेमा जानकारी दिएको हो ।
विगतका वर्ष भन्दा केही ढिला सुरु भएको सोको अडिसन डिजिटल रुपमा आयोजना हुनेछ । कोरोना महामारीलाई ध्यानमा राखेर अडिसन डिजिटल हुने आयोजना हो । एन्ड्रोइड मोबाइलबाट एप डाउनलोड गरेर सोमा सहभागीताका लागि फर्म भर्न सकिने आयोजकले जनाएको छ ।
कार्यक्रममा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले महामारीबाट बच्दै सो अगाडि बढाउने बताए ।
तीन सिजन अमनप्रताप अधिकारीको निर्देशन रहेको शो अहिले भने सिमोस सुनुवारले निर्देशन गर्दैछन् । नयाँ विषयवस्तु मार्फत नेपाली युवाको संघर्ष शोमा देखाइने निर्देशक सुनुवारले भनाइ राखेका थिए ।
अनुपविक्रम शाही, दीया मास्के, आशिष राना लाउरे र समन श्रेष्ठ निर्णायक रहने शोको होस्ट रेमनदास श्रेष्ठ रहनेछन् । सोको प्रसारण असोजको पहिलो साताबाट हुने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक (भिडियोसहित)
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
मिलन लामा र प्रकाश सपुतको सचेतनामूलक गीत ‘मजदुर’ [भिडियो]
गुमनाम विष्णु माझीले तीज गीत ल्याउँदै भनिन् – ‘आइन आमा यो तीजैमा’ [भिडियो]
यो पनि पढौँ
पोखरामा ट्रकको ठक्करबाट सामाजिक अभियन्ता गिभिना मगरकी आमाको मृत्यु
गिभिनालाई मातृ र भातृशोकः आमा गुमेकै रात भाइ पनि रहेनन्
पोखराको फिर्के पुलबाट बाइक खस्यो, तीन जना घाइते
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन