आफूलाई पढाएका मृगौला पीडित गुरूलाई हिमाञ्चल बोर्डिङ स्कूलका विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन्।
बोर्डिङका पूर्व अंग्रेजी शिक्षक बुद्धीबहादुर थापाको परिवारलाई २०६२ सालको एसएलसी ब्याजका विद्यार्थीहरुले शनिबार नगद २ लाख ७२ हजार ५ सय ७४ रुपैया आर्थिक सहयोग गरेका हुन् ।
मृगौलामा समस्या भएपनि आर्थिक अभावका कारण थापाको किड्नी ट्रान्सप्लान्टमा समस्या उत्पन्न भएको थियो ।
थापाको स्वास्थ्य उपचारका लागि विद्यार्थीहरुले एक हप्ता अघिमात्र आर्थिक संकलनका लागि अभियान चलाएका थिए। अभियानमा स्कुलका प्रिन्सिपल दिलबहादुर गुरुङ्ग, पूर्व शिक्षक वेद प्रसाद शर्मासहित विद्यार्थीहरु दिपा गुरुङ, दिनेश केसी, जिवन आचार्य, रश्मी गुरुङ प्रबेश शेरचन, सरिना गुरूङ, सम्झना गौतम, सिता तिमिल्सिना, रवि ढकाल, रश्ना ढकाल, रोमन गुरुङ, प्रतिभा गुरुङ, सुमित गुरुङ, प्रताप गुरुङ, उपेन्द्र पुर्जा, अनन्त प्रधानाङ्ग, सुनिता थापा, सविना शर्मा, सोमनाथ भण्डारी, शर्मिला बस्नेत, विश्वास पुन, अन्जना गौतम, अपेक्षा गुरुङ्ग, अनुप गुरुङ, विनोद भटृराइ, समिक्षा भटृराई, विक्रम गुरुङ, कुशुम गुरुङ, महेश गुरूङ, प्रमिला थापा, माधव थापा, सुजन पराजुली, काजु थापा लगाएतकाले आर्थिक सहयोग गरेका थिए ।
आर्थिक सहयोग अभियानका संयोजक अनन्त प्रधानाङ्गले ‘एउटा असल गुरु वचाउनका लागि अभियान शुरु गरिएको बताए । उनले भने – ‘गुरुले हामीलाई उज्यालो बाटो देखाउँदा देखाउँदै एउटा मैन जसरी पग्लिनुभयो, उहाँले आफूलाई रोगले च्यापेको विर्सनुभयो, अब हाम्रो जिम्मेवारी भनेको उहाँलाई बचाउने हो। आर्थिक अवस्था कमजोर छ, त्यही कारण मृगौला प्रत्यारोपण गर्न सक्नुभएको छैन, अब हामी सहयोग रकम उठाएर उहाँलाई बचाउछौं,” उनले भने।
उनले आर्थिक सहयोगका लागि हिमाअञ्चल बोर्डिङ स्कूल लगायत अन्य स्कूलमा अध्ययनरत विद्यार्थी, शिक्षक, समाजसेवी व्यक्तित्व र सुभेच्छुकलाई पनि आग्रह गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह