कोभिड–१९ को दोस्रो भेरियन्टका कारण वैशाखदेखि बन्द रहेको अल्ट्रालाइड–पुतली जहाज लाई विशेष स्वास्थ्य मापदण्ड अपनाएर भदौ ३ गतेदेखि सञ्चालनमा ल्याउने भएको छ ।
पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन अल्ट्रालाइट उडानलाई पुनः व्यवस्थित तरिकाबाट सञ्चालन गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार पहिलो चरणको कोरोनाका कारण रोकिएको उडान आठ महिनापछि गत वर्ष कात्तिकको २६ गतेदेखि सुरु गरेकामा पुनः दोस्रो चरणको कोरोनाका कारण यस वर्ष वैशाखबाट उडान रोकिएको थियो । नागरिक उड्डयन प्राधिकरणले तोकेको स्वास्थ्य मापदण्डलाई पूर्ण पालन गरेर उडान गरिने उनको भनाइ छ ।
उनले पर्यटकीय गतिविधि सुस्ताएको समयमा आन्तरिक पर्यटन प्रवद्र्दनका लागि सहुलियत दिएर उडान गरिने बताए । “हामीले ६ हजार पाँच सयमा अल्ट्रालाइट उडानको आनन्द दिलाउने छौँ,” श्रेष्ठले भने ।
माछापुच्छ्रे, अन्नपूर्णसहितका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने साथै तालतलैया एवं धार्मिक रुपले पनि उस्तै महत्व राख्ने पोखराले पछिल्लो समय साहसिक खेलको सहरका रुपमा समेत आफ्नो परिचय थप्दै गएको छ ।
पोखरामा सन् १९९६ मा एभिया क्लबले अल्ट्रालाइट भित्र्याएको हो । पुतली जहाजसमेत भनेर चिनिने अल्ट्रालाइट पोखरामा मात्रै सञ्चालित छ । हाल एभिया क्लब, फिस्टेल र पोखरा, हेलिएयर नेपाल गरी चार कम्पनीले अल्ट्रालाइट सञ्चालनको अनुमति लिएका छन् । अहिले भने पोखरा अल्ट्रालाइट प्रालिले मात्र उडान सुरु गरेको हो । अल्ट्रालाइट पोखरामा नागरिक उड्डयन प्राधिकरण मातहतबाट सञ्चालित रहेको छ । (रासस
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’