काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि केपी शर्मा ओलीले ल्याएको र अहिले शेरबहादुर देउवाले ल्याएको अध्यादेश उस्तै नभएको बताएका छन्।
आज (बिहीबार) समाजवादी केन्द्रले आयोजना गरेको ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पहिले र अहिलेको अध्यादेशलाई एउटैमा राख्न नहुने जिकिर गरे ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्र मास्ने हिसाबले अध्यादेश ल्याएको आरोप लगाउँदै अहिले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश भने लोकतन्त्र बचाउनका लागि आएको बताएका हुन् । पहिलेको र अहिलेको अध्यादेशमा आकाश–जमिनको फरक रहेको प्रचण्डको जिकिर छ ।
“एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो। अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु छ,” दाहालले भने, “यी दुवैमा आकाश–जमीनको फरक छ।
कार्यक्रममा उनले माधव नेपाल अध्यक्ष रहेको एमाले समाजवादी पार्टी दर्ता भएर कानुनी मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताए । आज बिहान माधव नेपालसँग भएको छलफलमा पनि दलको सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको उनको भनाइ छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु