आगामी १ सेप्टेम्बर अर्थात भदौ १६ गतेबाट पोखराबाट सिमरा (वीरगञ्ज) को सिधा उडान गर्न लागेको जनाएको छ । कम्पनीले सिधा उडानबाट पोखरालाई देशको विभिन्न प्रदेशसँग जोड्ने क्रममा पोखरा–सिमरा सिधा उडान सुरु गरेको हो ।
यो रुटमा शुरुवातमा साताको ३ दिन अर्थात् आईतबार, बुधबार र शुक्रवार उडान हुने भएको छ । त्यसपछि भने यात्रुको माग अनुसार कम्पनीले दैनिक उडानको योजना बनाएको छ । पोखराबाट-सिमरा १२:२० र सिमराबाट-पोखराको उडान १३:१५ बजे तोकिएको छ ।
यस उडानबाट दुवै प्रदेश तथा शहरका जनता लभान्वित हुनेछन्। यसबाट यी दुवै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताए।
यस उडानबाट दुबै प्रदेश तथा शहरका जनता लभान्वित हुने कम्पनीको भनाई छ । यो उडानबाट दुबै ठाउँको पर्यटकीय स्थलमा चहलपहल बढ्ने कम्पनीका बजार निर्देशक रुपेश जोशीले बताएका छन् । सिमरा/वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा चहलपहल बढ्ने कम्पनीको भनाई छ । सिमरा/वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकोले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
सिमरा/वीरगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् । यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय शहरहरु पटना, दरभंगा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटकहरु पनि आकषिर्त हुने बताइएको छ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ