आगामी १ सेप्टेम्बर अर्थात भदौ १६ गतेबाट पोखराबाट सिमरा (वीरगञ्ज) को सिधा उडान गर्न लागेको जनाएको छ । कम्पनीले सिधा उडानबाट पोखरालाई देशको विभिन्न प्रदेशसँग जोड्ने क्रममा पोखरा–सिमरा सिधा उडान सुरु गरेको हो ।
यो रुटमा शुरुवातमा साताको ३ दिन अर्थात् आईतबार, बुधबार र शुक्रवार उडान हुने भएको छ । त्यसपछि भने यात्रुको माग अनुसार कम्पनीले दैनिक उडानको योजना बनाएको छ । पोखराबाट-सिमरा १२:२० र सिमराबाट-पोखराको उडान १३:१५ बजे तोकिएको छ ।
यस उडानबाट दुवै प्रदेश तथा शहरका जनता लभान्वित हुनेछन्। यसबाट यी दुवै ठाउँको पर्यटकीय स्थलमा पनि चहलपहल बढ्ने बुध्द एयरका बजार निर्देशक रुपेश जोशीले बताए।
यस उडानबाट दुबै प्रदेश तथा शहरका जनता लभान्वित हुने कम्पनीको भनाई छ । यो उडानबाट दुबै ठाउँको पर्यटकीय स्थलमा चहलपहल बढ्ने कम्पनीका बजार निर्देशक रुपेश जोशीले बताएका छन् । सिमरा/वीरगञ्ज वरिपरि रहेका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरुमा चहलपहल बढ्ने कम्पनीको भनाई छ । सिमरा/वीरगञ्ज देशकै ठूलो औद्योगिक करिडोर भएकोले व्यापारिक गतिविधिमा पनि सहयोग पुग्ने कम्पनीको विश्वास छ ।
सिमरा/वीरगञ्जका वासिन्दा पनि पर्यटकीय शहर पोखरा तथा वरिपरि रहेका तालतलाउ तथा हिमाल श्रृंखलाको आनन्द लिन सक्छन् । यस उडानबाट वीरगञ्ज नजिक रहेका भारतीय शहरहरु पटना, दरभंगा, मजफ्फरपुर आदि गन्तव्यका पर्यटकहरु पनि आकषिर्त हुने बताइएको छ ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’