काठमाडौँ । बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री नियुक्तिमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल दुवैको साथ रहेको बताएकी छन् ।
नेकपा एमालेको काठमाडौँ–रामेछाप सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले आफूले माधव नेपाललाई धोका दिएको भन्ने चर्चा गलत रहेको बताइन् ।
‘म मुख्यमन्त्री बन्नुमा दुवै नेताको साथ छ । बाहिर कुरा आउँछ अष्ट त के के भयो भनेर । मुख्यमन्त्री पाएपछि अर्कोतिर लाग्यो भन्ने कुरा आयो । यो गलत कुरा हो ।’ शाक्यले भनिन् ।
पार्टी एकतालाई कमजोर बनाउने काम कसैले गर्न नहुने भन्दै शाक्यले आफू पार्टी एकताकै पक्षमा रहेको बताइन् । माधव नेपालले एमालेबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग गएकै दिन भदौ २ मा शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।
लामो समय माधव नेपालको साथमा रहेको, पार्टीको विधि पद्धतिको कुरा उठाएर केपी ओलीलाई गाली गरेको तर मुख्यमन्त्री पाएपछि शाक्यले नेपालको साथ छाडेको भन्ने चर्चा छ । तर, शाक्यले यसको खण्डन गरेकी छन् ।
उनले भनिन्, ‘गलत सन्देश दिने काम नगरिदिनुहोस् । जे छ, त्यहीँ कुरा बाहिर आयो भने त्यसले पार्टी एकताका लागि हौसला बढाउँछ, प्रेरणा मिल्छ । मान्छेलाई एकताका लागि यसरी जानुपर्ने रहेछ भन्ने तय हुन्छ । हामी एकताको पक्षमा छौं । मलाई दृढ विश्वास छ–केही समयपछि नेकपा एमाले एकजुट भएर अघि बढ्नेछ ।’
उनले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न नेतृत्वले मन फराकिलो बनाएर एमालेलाई बलियो बनाउने आफूलाई विश्वास भएको शाक्यले बताइन् ।
उनले प्रदेशमा निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल र त्यसबेलाका मन्त्रीहरूसँग छलफल र परामर्श गरेरै काम गर्ने र त्यसो गर्दा नै राम्रो नतिजा आउन सक्ने बताइन् ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु