पोखरा। पोखराको फिर्के पुलबाट स्कार्पियो गाडी खसेको छ। शनिबार राति अन्दाजी २ बजेको समयमा पोखरा महानगरपालिका -४ बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बेलायती दुतावास पोखराको ६०-०-४६७ नं को गाडी अनियन्त्रित भइ फिर्के पुलबाट खसेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले गण्डक न्यूजलाई जानकारी दिए।
डिएसपी हमालका अनुसार गाडी पुलबाट अन्दाजी १० मिटर तल खोल्सामा खसेपनि चालक पोखरा -१६ बस्ने २९ वर्षीय विजय घले र गाडीमा सवार उनकी श्रीमती २८ वर्षीय दुर्गा गुरुङ भने सकुशल छन्।
घटनाको जानकारी लगत्तै वडा प्रहरी कार्यालय, बगरबाट प्रहरी सहायक निरिक्षक सुनिल थापाको कमाण्डमा खटिएको प्रहरीको टोलीले उनीहरुलाई आफन्तको जिम्मामा पठाइसकेको छ।
फिर्के पुल धरापः फराकिलो सडकमा साँघुरो पुल, लगातार दुर्घटना
पोखरा महानगरपालिका वडा नं. ४ र ५ को सिमानामा पर्ने उक्त पुल फराकिलो सडकमा साँघुरो भएका कारण बारम्बार दुर्घटना हुने गरेको छ।
पोखराको जिरोकिलोमिटरदेखि बिन्दवासिनीसम्म चार लेनको सडक बनेको पाँच वर्ष भयो । यस क्षेत्रमै सबैभन्दा आकर्षक फराकिलो उक्त सडकखण्डमा सडक मात्र बन्यो तर बीचमा पर्ने फिर्के पुल भने उस्तै छ । नजिकै अर्को फराकिलो पक्की पुल बनाउने काम सुरु भएपनि अझै बनिसकेको छैन ।
अहिलेको पुलमा एकैपटक दोहोरो सवारी चल्न पनि साँघुरो छ । बाटो फराकिलो देखेर तीब्र गतिमा गुड्ने सवारीहरु पुल आउने बित्तिकै बीच लेनतर्फ जानुपर्ने हुन्छ तर फराकिलो सडकमा तीब्र गतिमा गुडेका सवारी नियन्त्रण गुमाउँछन् अनि खोलामा खस्छन् । वर्षेनी दुर्घटना भईरहेको छ ।
२०७४ सालमा सबैभन्दा बढी दुर्घटना भए । चार लेनको सडक भर्खर भर्खर बनेको अवस्था थियो । यही पुलबाट खसेर फागुन १५ मा ग ११ प ६१२३ नम्बरको मोटरसाइकल चालक पोखरा १ सिम्पानी बस्ने २९ वर्षिय ऋषिकेश पहारीको मुत्यु ययो । मोटरसाइकको पछाडी बसेका पोखरा २५ हेम्जाका २८ बर्षिय बिमल थापा घाइते भई तुरुन्त अस्पताल लगिएको थियो ।
यस्तै, ०७४ पुस १० गते राति पनि सोही पुलमा दुर्घटना हुदाँ तिलक बहादुर थापाको ज्यान गएको थियो । कार्तिक १९ गते ग ५ प ४८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा दुर्घटना हुँदा पोखरा कास्कीकोटका ३२ बर्षिय कृष्ण प्रसाद सुबेदी गम्भिर घाईते भई उपचार गर्न काठमाण्डौ नै लैजानुपरेको थियो ।
ठ्याक्कै एक महिनापछि मंसिर १९ गते सोहि स्थानमा ग ६ प ३५१९ नम्बरको पल्सर मोटरसाईकल दुर्घटना भएको थियो । चालकलाई सहारा हस्पिटल लगिएको थियो । यो सडकमा रातको समयमा यात्रा गर्दा मापसे सेवन नगर्न र सीमित गतिमा सवारी चलाउन आग्रह गरिएको छ ।
पुल नजिकै घर भएकी पत्रकार कञ्चन थापाले पुलमा दुर्घटना बढेको कारण सरोकारवालाको ध्यानाकर्षण जनाएको ६ वर्ष हुन लाग्यो । तर, समस्या जस्ताको तस्तै भएपछि आफूलाई दिक्क लागेको सुनाउँछिन् ।


तस्वीर: कञ्चन थापा
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला