नेपाल नेत्रहीन संघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष खोपराज शर्मा ‘वल्र्ड ब्लाइन्ड आइडल’ को नोमिनेशनमा परेका छन् । विश्वका दृष्टिविहिनबीच हुने यो प्रतिष्पर्धा चान्स फर द ब्लाइन्ड फाउन्डेसन, पोल्याण्डले आयोजना गर्ने गरेको छ । प्रतियोगितामा अमेरिका, कुवेत, इटली, इजिप्ट, पोल्याण्ड, ब्राजिल, केन्या, साउदी अरेबिया, नेदरल्याण्डसहित २२ देशका २६ जना नोमिनेशनमा परेका छन् ।
शर्मा राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्षसमेत हुन् । आइडल जिताउनका लागि उनले भोटको अपिल गरेका छन् । आफूले आइडल जिते दृष्टिविहिन नेपालीहरुका लागि काम गर्न अझै सहज हुने भन्दै उनले सबैलाई भोट गर्न आग्रह गरेका छन् ।
नोमिनेशनमा परेका नेपाल नेत्रहीन संघको केन्द्रिय बरिष्ठ उपाध्यक्ष खोमराज शर्मालाई भोटिङका लागि कान्छी समाजसेवि प्रेन्सा रेग्मीले अपिल गरेकी छिन् । म्याग्दीको बेनि-५ घर भई हाल पोखरामा बस्दै आएका शर्मा विश्वका दृष्टिविहिनबीच प्रतिष्पर्धा हुने भएको छ ।
अन्य प्रतिष्पर्धीलाई पछि पार्दै हालसम्म पहिलो नम्बरमा नम्बरमा देखिएका शर्मालाई भोटका लागि https://idol.chancefortheblind.org/vote/1978 खोल्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो इमेल लेख्ने ठाउँ आउँछ । इमेल ठेगाना लेखिसकेपछि तपाईको इमेलमा ‘कन्फरमेशन’ इमेल आउँछ । त्यो ‘कन्फरमेशन’ इमेलमा क्लिक गरिसकेपछि भोट गर्न अपिल गरेकी छिन् ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह