काठमाडौँ । सत्तारुढ गठबन्धनका दलहरुबीच मन्त्रिपरिषद्लाई छिटै पूर्णता दिने सहमति भएको छ ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकमा सो सहमति भएको हो ।
गठबन्धन दलहरुबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भए आजै सम्बन्धित दलले मन्त्री बन्नेको नाम दिने र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।
बैठकमा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतको उपस्थिति थियो ।
यस्तै, बैठकमा सत्ता गठबन्धनका नेताहरुले दार्चुलाका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे सरकारको अडान प्रष्ट पार्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् । गएको साउन १५ गते भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन फुकाइ दिँदा धामी महाकालीमा खसेर बेपत्ता भएका थिए ।
सो घटनाको अनुसन्धानका लागि सरकारले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । तर छानबिन समितिको प्रतिवेदन अझै पनि सार्वजनिक नहुँदा सरकारको आलोचना भइरहेको छ ।
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो