काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुने भएको हो।
वडाबाटै आफ्नो प्रतिनिधित्व निर्वाचित गर्न केन्द्रीय नेताहरु जिल्ला–जिल्ला पुगेका छन् ।
हिजो साँझसम्म ५६ जिल्लाको क्रियाशिल सदस्यहरुको सूची कांग्रेसको निर्वाचन समितिले पाएको छ ।
ती ५६ मध्ये कम्तिमा ४० जिल्लामा आज एकसाथ वडा अधिवेनश हुनेछ । एकैदिन वडा अधिवेशन गर्ने कार्यतालिका भए पनि सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा काठमाडौँसहित दुई दर्जनभन्दा धेरै जिल्लामा आज अधिवेशन नहुने भएको छ । क्रियाशिल सदस्यहरुको सूची सार्वजनिक गर्न बाँकी २१ जिल्लाको अधिवेशन कहिले हुन्छ भन्ने प्रश्न उठेको छ । यही विवादले आसन्न १४ औं महाधिवेशन अनिश्चित बन्ने त होइन भन्ने त्रास कांग्रेसजनमा रहेको छ । भदौ २७ मा गाउँ/नगर सभा हुने भएकाले त्यसअघि नै वडा अधिवेशन सम्पन्न भइसक्नुपर्ने हुन्छ ।
२१ जिल्लाको क्रियाशील सूची नपाउँदा कांग्रेसको निर्वाचन समिति अन्योलमा छ । महादेव यादवको संयोजकत्वमा रहेको समितिले चार चरणमा गरेर ५६ जिल्लाका लागि निर्वाचन अधिकृत तोकेको छ । तोकिएका अधिकृतहरू जिल्ला पुगेर आज हुने वडा अधिवेशनमा खटिएका छन् ।
सम्बन्धित खबर
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो