काठमाडौँ । सरकारले भदौं २३ गते संसदको अधिवेशन बोलाउन राष्ट्रपति विद्या भण्डारी समक्ष सिफारिश गरेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले संसदको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार, भदौ २३ गते अपराह्न ४ बजे संसदको दुबै अधिवेशन बोलाउने निर्णय भएको छ ।
यसअघि सरकारकै सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन ३२ गते संसदको दुबै अधिवेशन अन्त्य गरेकी थिइन् ।
सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश पारित गराउन र अमेरिकी सहयोग एमसीसीको प्रस्तावबारे छलफल गर्न अधिवेशन बोलाएको बुझिएको छ । संसद अधिवेशन बोलाउनेबारे बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्नि सापकोटा र सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
यसअघि गएको साउन ३२ गते संसद अधिवेशन अन्त्य गरेर सरकारले पार्टी फुटाउन सजिलो हुनेगरी अध्यादेश ल्याएको थियो । सरकारले ल्याएको अध्यादेशपछि नेकपा एमाले र जनता समाजवादी पार्टी फुटेका छन् ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान