काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी)बारे अनावश्यक भ्रम नफैलाउन आग्रह गरेका छन् ।
नेपाली कांग्रेस संसदीय दलको मंगलबारको बैठकमा बोल्दै उनले जुनसुकै सहयोग प्राप्त गर्दा पनि शर्तहरु हुने भन्दै एमसीसीबारे अनावश्यक भ्रम फैलाइएको टिप्पणी गरे ।
उनले बुझेका भन्दा नबुझेकाहरूले धेरै हल्ला गरेको भन्दै अमेरिकाले नेपालको विकासका लागि दिन लागेको सहयोगको बारेमा बुझेर मात्रै बोल्न सांसदहरूलाई निर्देशन दिए ।
देउवाले अघिल्ला सरकारहरुले पनि कानून बनाएर एमसीसीलाई अघि बढाउँदै आएको दाबी गर्दै प्रतिष्पर्धाबाट प्राप्त गरेको अनुदान सहयोगले लोकतान्त्रिक देशको सम्बन्ध पनि जोडिने बताए ।
अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइनको सुधार र सडकको सुधारका लागि अनुदानका रूपमा एमसीसी परियोजना ल्याएकाले यसबाट नेपालमा हुने विकास र फाइदाबारे बुझ्न र बुझाउनुपर्नेमा पनि प्रधानमन्त्री देउवाले जोड दिए ।
संघीय संसदको अधिवेशन आज (बुधबार) अपरान्ह ४ बजेका लागि आह्वान गरिएको छ । यो अधिवेशनमा एमसीसीको प्रस्ताव पेस हुने आकलन गरिएका बेला प्रधानमन्त्री देउवाले हिजो सांसदहरूलाई यस विषयमा आवश्यक निर्देशन दिएका हुन् ।
बैठकले बुधबारदेखि सुरु हुने संसद बैठकमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई ह्वीप जारीसमेत गरेको छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ