काठमाडौँ । नेपाली कांग्रेसका रामचन्द्र पौडेल पक्षका नेताहरूले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् ।
बिहान बालुवाटारमा भएको भेटमा महाधिवेशनलाई धाँधलीरहित र निष्पक्ष बनाउन देउवाको ध्यानाकर्षण गराएको जनाइएको छ ।
देउवालाई भेट्न महामन्त्री डा. शशांक कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिं के.सी, डा. मिनेन्द्र रिजाल र जीवन परियारसहितको टोली बिहान बालुवाटार पुगेका थिए ।
भेटमा पार्टीको महाधिवेशनमा पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गराएको पौडेलले सामाजिक सन्जालमार्फत् जानकारी दिएका छन् ।
देउवालाई भेटेपछि पौडेलले समाजिक सन्जालमा लेखेका छन्, ‘पार्टीका कृयाशील सदस्यहरुको छानविन निश्पक्ष र पारदर्शी ढंगले सम्पन्न होस् र पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुप्रयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गरायौं ।’
सम्बन्धित खबर
देश चलाउन सहकारी ठगेजस्तो हुँदैनः प्रधानमन्त्री
रवि लामिछानेको मानव अधिकार रक्षा गरियोस् : ज्ञानेन्द्र शाही
प्रधानमन्त्रीले भने– ‘नेपाल चीन सहकार्यका बारेमा भारतीय मिडियाले गरेको टिप्पणी राम्रो भएन’
प्रधानमन्त्री ओली चारदिने चीन भ्रमण पूरा गरी स्वदेश फिर्ता
प्रचण्डलाई ‘गणतन्त्र नायक’ सम्मान
स्थानीय तह उपनिर्वाचन: सबै स्थानको नतिजा सार्वजनिक
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत