आशिष पुरी, पोखरा । दन्त चिकित्सकहरूको छाता संगठन नेपाल डेण्टल एशोसियसनको गण्डकी प्रदेश समितिको नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार भएको अधिवेशनले डा. अभिषेकमान गुभाजुको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा डा. सपना लक्ष्मी तुलधार, महासचिवमा डा. सुदिप गिरी, कोषाध्यक्षमा डा. मिन बहादुर गुरुङ, सहसचिवमा डा. सुष्मिता थापा र सदस्यहरुमा डा. बिनिता बज्राचार्य, डा. आशिष कुंवर सिंह, डा. पुरन विश्वकर्मा र डा. संगीता माकाजु चयन भएका छन् ।
आफूलाई सर्वसम्मत जिम्मेवारी सुम्पेकोमा आभार व्यक्त गर्दै नवनियुक्त अध्यक्ष डा. माकाजुले कोरोना महामारीमा उच्च जोखिम समूहमा रहेका फ्रण्टलाइनर चिकित्सकहरू सावधानी अपनाएर निरन्तर बिरामीको सेवामा समर्पित भएकोमा खुशी जनाउँदै सतर्कता अझै जरुरी रहेको बताए । उनले कुनै पनि समस्यामा एशोसियसन सहयोगका लागि सधैं तत्पर रहने पनि विश्वास दिलाए ।
महासचिव डा. गिरीले गण्डकी प्रदेशभरका दन्तचिकित्सकको उत्थानको लागि विभिन्न सीडीई कार्यक्रम, नयाँ डाक्टरहरूको उचित व्यवस्थापनमा सहयोग नै यो कार्यसमितिको मूख्य लक्ष्य भएको बताए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ