प्रतिपक्षीका जायज माग सम्बोधन गरेर संसद चलाउन सरकार र सभामुखलाई एमालेको ध्यानाकर्षण

प्रतिपक्षीका जायज माग सम्बोधन गरेर संसद चलाउन सरकार र सभामुखलाई एमालेको ध्यानाकर्षण

एमाले

काठमाडौँ । नेकपा एमालेले प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरेर संसद् चलाउन सरकार र सभामुखको ध्यानाकर्षण गराएको छ ।

पार्टीका महासचिव ईश्वर पोखरेलले आज (बुधबार) एक विज्ञप्ति जारी गरेर प्रतिनिधि सभा सुरु गर्न सरकार र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका हुन् ।

उनले सरकारले बजेटको विषयमा उदासीन र गैरजिम्मेवार चरित्र देखाएको आरोप लगाए । प्रतिपक्षको अवरोधका कारण बजेट समयमा पारित नभएको जस्तो गरी सरकारले भ्रम सिर्जना गरेकोसमेत जनाइएको छ । ‘यति बेला सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको छ । जबकि प्रतिनिधि सभाको बैठक सुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन । बरु यस बीचमा प्रतिपक्षी दललाई षड्यन्त्रपूर्ण ढङ्गले विभाजन गर्नका लागि अध्यादेश ल्याउने प्रयोजनका लागि संसद् अधिवेशन स्थगित गरियो,’ विज्ञप्तिमा भनिएको छ ।

आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै वित्तीय संकटको परिस्थिति सिर्जना भएको एमालेको आरोप छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ