कास्कीमा निषेधाज्ञा हटेको छ। निषेधाज्ञा हटेसँगै जिल्लामा विद्यालय, क्याम्पस, विश्वविद्यालय लगायत होटल रेष्टुरेन्ट, नाचघर, क्लब, डान्सबार र दोहोरी साँझहरु खुल्ने भएका छन्।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्ति अनुसार पछिल्ला दिनमा संक्रमणदर र मृत्युदर घट्दै गइरहेको भन्दै दैनिक क्रियाकलापहरु संचालन गर्दा नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्य तथा सुरक्षा मापदण्डहरुको अनिवार्य पालना गर्दै संचालन अनुमति दिइएको हो ।
आदेश अनुसार सबै प्रकारका शैक्षिक संस्था र प्रशिक्षण केन्द्रहरु शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा प्रकाशित कोभिड -१९ संक्रमणको कार्यविधि (शैक्षिक संस्था संचालन गर्दा अपनाउनु पर्ने आवश्यक तयारी) अनुसार स्थानीय तहसँगको समन्वयमा पठनपाठन संचालन गर्नुपर्नेछ छ भने, होटल रेष्टुरेन्टहरु पूर्ण सावधानी अपनाई बेलुका ७ :३० बजेसम्म मात्र संचालन गर्न अनुमति दिइएको छ ।
यस्तै, नाचघर, क्लब, डान्सबार दोहोरी साँझ जस्ता रात्रीकालिन व्यवसायहरु पनि तोकिएको मापदण्ड पालना गरी राति १:३० बजेसम्म संचालन गर्न पाइनेछ। यद्यपी संक्रमणको दर बढ्दै गएमा जुनसुकै समयमा थप आदेश जारी हुने पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर