कांग्रेसले सार्वजनिक ग-यो काठमाडौँसहित ७ जिल्लाका क्रियाशील सदस्यको सूची

कांग्रेसले सार्वजनिक ग-यो काठमाडौँसहित ७ जिल्लाका क्रियाशील सदस्यको सूची

kangresh

काठमाडौँ । नेपाली कांग्रेसले काठमाडौँसहित थप सात जिल्लाको क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको छ।

बुधबार काठमाडौँ, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । योसँगै ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको छ ।

कांग्रेसले यसअगाडि ५६ जिल्लामा वडा अधिवेशन गरिसकेको छ।

अब १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । प्रदेश दुईका आठ वटै जिल्ला, रसुवा, बाँके, कैलाली, सुर्खेतको क्रियाशील सदस्यता चाँडै सार्वजनिक हुने समितिले जनाएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत १८ भदौदेखि वडा अधिवेशन सुरु भएको हो । डडेल्धुरा जिल्लासहित ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

बाँकी जिल्लाको वडा अधिवेशनका लागि ५ असोजको समयतालिका परिमार्जन गरिएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ गतेदेखि १३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds