माधव नेपाललाई एमालेमै फर्किन अष्टलक्ष्मी शाक्यको आग्रह

माधव नेपाललाई एमालेमै फर्किन अष्टलक्ष्मी शाक्यको आग्रह

Astalaxmi-Shakya

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन् ।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले नेपाललाई एमाले मै फर्किन आग्रह गरेकी हुन्।

‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन । यतिबेला फुटको हैन जुटको राजनीति आवश्यक छ । सुदृढ एमाले आवश्यक छ ।’ उनले भनिन्, ‘आज आफूले त्याग गरेको, समर्पण गरेको पार्टी त्यागेर जनमत र आन्दोलन सिर्जना गर्छु भन्ने भनाइ सही छैन । समीक्षा गर्नुस् । फर्केर आउनुस्, एमालेलाई सुदृढ एमाले बनाउन तपाईंको आवश्यकता छ। त्यो पंक्तिलाई अलमलाएर राख्नु ठिक छैन ।’

उनले बलियो एमाले बनाउन पूर्वाग्राह मनमुटाव बिना सुदृढ एमाले बनाउन मन फराकिलो बनाउनै पर्ने बताइन्। विगतको कमीकमजोरीको गम्भीर र निर्मम रुपमा समीक्षा हुनुपर्ने शाक्यको भनाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ