इन्द्रजात्रा सुरु, खोप लगाएकाले मात्रै रथ तान्ने

इन्द्रजात्रा सुरु, खोप लगाएकाले मात्रै रथ तान्ने

Indra-jatra

काठमाडौँ । यस वर्षको इन्द्रजात्रा आजदेखि सुरु भएको छ । काठमाडौँको वसन्तपुरमा आज बिहान ६ बजेर ५१ मिनेटको साइतमा इन्द्रध्वजा ठड्याएसँगै यस वर्षको इन्द्रजात्रा सुरु भएको हो ।

हनुमानढोका दरबार अगाडि इन्द्रध्वजा ठड्याएपछि औपचारिक रुपमा इन्द्रजात्रा सुरु हुने परम्परा छ । हरेक वर्ष भदौशुक्ल द्वादशीका दिनदेखि एक हप्तासम्म मनाइने येँया भनिने इन्द्रजात्रा आउँदो ८ गतेसम्म मनाइन्छ ।

गएको वर्ष कोरोना महामारीका कारण औपचारिक पूजा गरेर मात्रै मनाइएको जात्रा यो वर्ष भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मनाइने भएको छ । अभियन्ता गणपतिलाल श्रेष्ठले गुठी संस्थाबाट आउने व्यक्तिले मात्रै रथ तान्ने जानकारी दिए ।

संस्थाले कोरोना विरुद्धको खोप लगाएका व्यक्तिलाई मात्रै खटाउनेछ । १८ वर्षमुनिका बालबालिका, किशोर किशोरी, वृद्धवृद्धा, खोप नलगाएका व्यक्ति र अपाङ्गता भएका व्यक्तिलाई जात्रामा छुट्टै राखिनेछ ।

आजैदेखि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव, समयबजी सजाएर राख्ने लगायतका परम्परागत सांस्कृतिक मूर्ति, नाच लगायतका धार्मिक गतिविधि हुने गर्दछन् ।

आज बेलुका यस वर्षभरि निधन भएका व्यक्तिका परिवारले ‘उपाकु’ दीप प्रज्ज्वलन गर्दै सांस्कृतिक नगर परिक्रमा गर्ने गर्दछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ