एएफसी महिला एसियन कप–२०२२ अन्तर्गत पहिलो छनोट खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ।
उज्वेकिस्तानको जेएआर स्टेडियममा अग्रता जोगाउन नसक्दा नेपालले अन्तिम समयमा २–१ गोलको हार ब्यहोरेको हो। सुरुवातदेखि नै फिलिपिन्सलाई दबाबमा राखेको नेपाली टिमका लागि बिमला चौधरीले १० औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्।
बिमलाले हेडमार्फत उत्कृष्ठ गोल गरेकी थिइन। तर खेलको ९० औँ मिनेटमा तहानाई एन्निसले गोल फर्काउँदै खेल बराबरी गरिन्। लगत्तै ९२ औँ मिनेटमा क्यामिली विल्सनले १ गोल थप्दै टीमलाई नाटकीय जित दिलाइन्।
समूह ‘एफ’ मा रहेको नेपालले हारबाट छनोटको सुरुवात गरेको छ। पहिलो खेलमै जित निकाल्दै सुखद् सुरुवात गरेको फिलिपिन्स ३ अंकसहित समूहको शिर्ष स्थानमा आएको छ। यस समुहमा नेपालसहित फिलिपिन्स र हङकङ छन्। नेपालले अर्को खेलमा असोज असोज ५ गते हङकङको सामना गर्नेछ।
यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ। समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ। एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ। छनोट अघि नेपालले घरेलु मैदानमा बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलेको थियो।
बंगलादेशसँग दुई खेल खेलेको महिला टोलीले एकमा जित र एकमा बराबरी नतिजा निकालेको थियो।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान