नेकपा (एमाले) का युवा नेता एवं गण्डकी प्रदेश सांसद राजीव पहारीले अब सबै युवा र विद्यार्थीहरु एमालेमा समाहित हुनुपर्नेमा जोड दिएका छन् ।
एमाले पोखरा २३, बाम्दीमा आयोजित बृहत युवा तथा विद्यार्थी भेलामा बोल्दै पहारीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माणका लागि सम्पूर्ण युवाहरु तथा विद्यार्थी नेकपा एमालेमा समाहित हुनुपर्ने र युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने पहारीको भनाई छ ।
विकास निर्माणमा एमाले बाहेक अरु पार्टीले कुनै योगदान दिन नसक्ने बताउँदै पहारीले एमालेको एकल बहुमत आए मात्र देश समृद्ध हुने र विकासको लयमा फर्कने चर्चा गरे ।
विशेष अतिथि राष्ट्रिय युवा संघ नेपाल, कास्कीका अध्यक्ष पान बहादुर जिसीले अब राष्ट्रिय युवा संघले समाजमा रहेका विकृति, विसंगति र भ्रष्टाचारका विषयमा चुप लागेर नबस्ने र त्यसका विरुद्ध कडा प्रतिरोध गरिने बताए ।
राष्ट्रिय युवा संघ, नेपालका जिल्ला कमिटि कास्कीका युवा नेता मिनराज खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमाले जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य दामबहादुर विक, जिल्ला कमिटि सदस्य गीता बिक, पार्टी वडा सभापति चेतबहादुर क्षेत्री (अर्जुन), राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य युवा नेता शिव अधिकारी, पार्टी नेता शिबलाल पराजुली, पूर्व विद्यार्थी नेता सूर्य भण्डारी, शिक्षक संगठनका तर्फबाट भक्त केसी, कमल पराजुली, अनेरास्ववियुका केन्द्रीय सदस्य साजन सुवेदी, जिल्ला सदस्य भोलानाथ पराजुलीले सम्बोधन गरेका थिए ।
युवा संघ, अनेरास्ववियु र युथ फोर्स वडा नं. २३ कमिटि गठन
भेलाले युवा नेता सन्दिप पराजुलीको नेतृत्वमा ४१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल वडा कमिटी, एकराज पराजुलीको अध्यक्षतामा ४१ सदस्यीय अनेरास्ववियु वडा कमिटी र राजेश घोतानेको नेतृत्वमा युथ फोर्स वडा कमिटी गठन गरेको छ ।
कार्यक्रमको अवसरमा पोखरा महानगर वडा नं. २३ मा गएको पहिरोबाट घरबारविहिन बन्न पुगेका राजेश नेपाली र दिल बहादुर नेपालीलाई जनही पाँच हजार नगद सहयोग पनि प्रदान गरिएको कार्यक्रम संचालक रघुनाथ लामिछानेले जानकारी दिए ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ