नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य किसान श्रेष्ठले गण्डकी प्रदेशमा एमालेका सबै सांसद् विरुद्ध आफू एक्लै काफी भएको बताएका छन्।
गण्डकीका माधवपक्षीय एक्ला सांसद इन्द्रलाल सापकोटाले माधव नेपालकाे साथ छाडेपनि ओली क्याम्पबाट छिरेपछि श्रेष्ठ नेकपा एसका एक्ला सांसद हुन् । तनहुँमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएका श्रेष्ठ अन्तिम समयमा माधवलाई साथ दिन पुगे । सम्भवतः देउवा सरकारमा मन्त्री बन्दैछन् ।
नेकपा (एकीकृत समाजवादी)ले पोखरामा आयोजना गरेको कार्यक्रममा उनी पूर्व पार्टी एमालेविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । श्रेष्ठले गण्डकी प्रदेशमा आफ्नो पार्टीका जनप्रतिनिधि आफूमात्र भएपनि एमालेका सबै सांसदविरुद्ध आफू एक्लै काफी हुने चेतावनीसमेत दिए। ‘एमालेका गण्डकी प्रदेश सांसद विरुद्ध म एक्लै भारी पर्नेछु,’ उनले भने ।
श्रेष्ठले गण्डकीमा माधव पक्षलाई तत्कालीन समयमा ओलीले कुनै टिकट नदिएकैले अहिले आफूहरू कमजोर हुन पुगेको बताए । उनले भने, ‘गण्डकीका १८ वटा क्षेत्रमा एउटा पनि टिकट दिइएन । अनि माधव नेपाल कसरी बलियो हुन्छ ? आजदेखि नेकपा एकीकृत समाजवादी के हो ? देखाइदिन्छौं ।’
नेता श्रेष्ठले युवा संघ गण्डकीका अध्यक्ष महेन्द्र गुरुङविरुद्ध कडा रुपमा प्रस्तुत भएका थिए। उनको नाम नलिइकनै श्रेष्ठले भनेः ‘म पोखरा आएर एक हप्ता बसेको थिएँ। काठमाडौं जान एअरपोर्टमा जहाज चढ्ने बित्तिकै सामाजिक सञ्जालमा किसान श्रेष्ठलाई पोखराबाट धपायौं भनेर विषवमन गरेछन्,’ नेता श्रेष्ठले गुरुङप्रति लक्षित गर्दै भने, ‘म अहिले पनि पोखरामै छु। कोही छ भने आए हुन्छ।’
गत महिना गुरुङले युवा संघले सांसद श्रेष्ठलाई लखेटेको बताएका थिए । निकै क्रोधित हुँदै उनले भने– ‘बैदाममा हप्ता उठाएजस्तो होइन, हाम्रा कार्यकर्तालाई कर्के नजर मात्रै लगाए हामीले देखाइदिन्छौं।’
अहिले एमालेका कार्यकर्तालाई सूर्य चिन्ह र जनताको बहुदलीय जनतवादको एकाएक माया लागेर आएको भन्दै उनले माओवादीसँग एकता गर्ने बेलामा ओलीले जबज खाइसकेको आरोपसमेत लगाएका थिए।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ