संखुवासभा सामूहिक हत्याकाण्ड– थप ४ जना पक्राउ

संखुवासभा सामूहिक हत्याकाण्ड– थप ४ जना पक्राउ

242295066_1267886300306542_5577908040429984974_n

काठमाडौँ । संखुवासभा सामूहिक हत्याकाण्डमा संलग्नता भएको आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

यसअघि पक्राउ परेका लोकबहादुर कार्कीको बयानका आधारमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लोकबहादुरका भाइ नरेश, बुवा र अन्य दुई जना काका नाता पर्ने व्यक्ति रहेका छन् ।

हत्याकाण्डमा केहीको संलग्नता र केही मतियारको रुपमा देखिएको प्रहरीले जनाएको छ ।

२१ भदौमा संखुवासभाको मादी नगरपालिका–१ मादीको उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्या भएको थियो ।

५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा स्थानीय लोकबहादुर कार्की र उनका भाइ नरेशलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ