आजदेखि सोह्रश्राद्ध शुरु

आजदेखि सोह्रश्राद्ध शुरु

सोह्रश्राद्ध

पोखरा । सोह्रश्राद्ध अर्थात पितृपक्ष आजदेखि शुरु भएको छ ।

वडादशैं शुरु हुनु भन्दा अघि आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका (१६ दिन)सोह्रवटा तिथिमा दिवंगत पितृहरुको सम्झनामा विभिन्न पितृकार्य गर्ने चलन रहेको छ ।

सनातन धर्मावलम्वीहरुले वैदिक विधि अनुसार नदीका त्रिवेणी, दोभान, घाटलगायत तीर्थस्थल र घरडेरामै पितृलाई सम्मानका साथ तर्पण, सिधादान, पिण्डदान एवं श्राद्व गर्ने गर्दछन् ।

यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

यस वर्ष पनि कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य मापदण्ड अपनाएर कर्म गर्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ