काठमाडौँ । नेकपा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा मागेका छन् ।
आज मङ्गलबार राष्ट्रिय सभाको दोस्रो बैठकमा बोल्दै उनले सभामुखले दलहरुलाई समान व्यवहार नगरेको आरोप लगाउँदै राजीनामा माग गरेका हुन् ।
बैठक सुरु हुनासाथ यसअघि झैँ एमालेका सांसदहरूले उठेर बैठक अवरोध गरेका थिए ।
त्यसपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद श्रेष्ठलाई बोल्ने अनुमति दिएका थिए।
बैठकमा बोल्दै सांसद श्रेष्ठले आफ्नो पार्टीले दलको अनुशासन तोडेका १४ सांसदलाई कारबाही गरेको सिफारिसअनुसार उनीहरूलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादालाई कायम गर्न नसकेको आरोपसमेत लगाए ।
‘कुनै पनि व्यक्ति आफ्नो कुर्सीमा बसिसकेपछि मर्यादा कसैले पनि उल्लङ्घन गर्न हुन्न । त्यो कुर्सीको गरिमालाई जोगाउनु चाँहि पर्छ । यदि कुर्सीको गरिमालाई जोगाउन सकिन्न भने, कुर्सीको महत्वलाई बुझ्न सकिन्न भने, त्यस्तो व्यक्तित्व कुर्सीमा बस्न लायकको हुँदैन र तत्काल उहाँ (सभामुख)ले एउटा निकास दिनुपर्छ । त्यो निकास भनेको राजीनामा हो’ श्रेष्ठले भने ।
सांसद श्रेष्ठले गैरसांसदहरूलाई सांसद भनेर संसदमा राखिन्छ भने त्यसले त्यो संसदको र संविधानको रक्षा हुन्छ कि हुँदैन ? भनेर प्रश्नसमेत गरे ।
उनले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म राष्ट्रिय सभा पनि चल्न दिने अवस्थामा आफ्नो पार्टी नरहेको स्पष्ट पारे ।
सम्बन्धित खबर
बाढीपीडितका लागि कर्मचारीको तलबबाट ३६ करोड योगदान गरिने, बिदामा पनि काम गर्नुपर्ने
प्रधानमन्त्री र भौतिकमन्त्री बाढी प्रभावित क्षेत्र नुवाकोट पुगे
गण्डकी सरकारबाट एमाले बाहिरियो, ४ मन्त्रीले बुझाए राजीनामा
सात कारण दिँदै भारतीय मिडियाले लेख्यो– १५० दिनमै जेन–जी नायकबाट ‘खलनायक’ बन्दै बालेन
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
सभामुखको रूलिङ विपरित प्रधानमन्त्री बालेन कालो चस्मा लगाएरै संसद बैठकमा जाने
यो पनि पढौँ
पोखराको मुख्यबजार क्षेत्रमै नालीमा बगे आमाछोरी
प्रार्थनाकै समयमा १६ सय ५० विद्यार्थी पढ्ने त्रिभुवन त्रिशुली मावि बगायो
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो