गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा स्याङ्जाको कार्यक्रममा सहभागी भई पोखरामा पत्रकारसँग भेटघाट गरे । प्रेस चौतारी, कास्कीले गरेको पत्रकार भेटघाटमा उनी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सभामुख अग्नीप्रसाद सापकोटा र काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र न्यायालय विरुद्ध खनिए ।
माधव नेपाल लोभी बाहुन, पार्टीद्रोही, देशद्रोही । एमाले फुटेको होइन, काँचुली फेरेको
नेता बाँस्कोटाले माधवकुमार नेपाल ‘लोभी बाहुन’ भएको टिप्पणी गरे । आफ्नै पार्टी नेतृत्वको सरकार ढालेर अग्रगमनको नाममा बिद्रोहको नाममा घात गरेको उनको भनाई छ ।
‘विद्रोह गर्नेले छोडनुपथ्र्यो । माधव नेपालले हामी एमाले होइनौँ भनेर पद छोडेर अर्को पार्टी बनाएको भए सलाम नै गर्थेँ । मान्छे विद्रोही नै रहेछ उमेर ७० भए पनि भन्थेँ । यो त लोभी बाहुन हो । २२ जनाको पद नछोड्ने, अदालत जाने अनि एमालेलाई गाली गर्ने ?’ – उनले भने ।
उनले माधव नेपालको अस्तित्व चुनावसम्मलाई मात्रै रहेको दाबी गरे । ‘माधव नेपालको पार्टी भनेको घाम नझुल्किँदासम्मको शित मात्रै हो । चुनाव भएसी अस्तित्व सकिन्छ, जसरी घाम झुल्किएसी शित सुक्छ ।’ उनले भने, ‘उहाँले जबज नै पोलेर खाइदिनुभयो । पार्टीद्रोही हो, देशद्रोही हो माधव नेपाल । किनभने अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय स्वाधिनतालाई एउटा उचाइमा पु¥याएको पार्टीलाई कमजोर बनाएर दुनियाँ कुरा गर्दै हिँडे ।’
एमाले विभाजन नभएको दावी गर्दै उनले माधवकुमार नेपाल एमालेको अवैध सन्तान भएको आरोप लगाए । ‘एमाले फुटेको होइन, काँचुली फेरेको हो । हरेक वसन्तमा नयाँ पात पलाउँछ । एमालेबाट केही मान्छे गए, हामीले काँचुली फे¥यौं ।’ बास्कोटाले भने ।
अहिले समग्रमा ९.७४ प्रतिशत कार्यकर्ताले एमाले छाडेको भन्दै चुनावमा पुग्दा यो १ प्रतिशतमा झर्ने उनले दाबी गरे । चुनावमा हारेपछि माधव नेपालको पार्टीको अस्तित्व नरहने उनको दाबी छ । ‘माधव नेपाल कहाँ जान्छन् त्यो चुनावपछि हेरौंला, तर उहाँका पछि लागेकाहरु एमालेमै फर्किन्छन्,’ उनले भने ।
महागठबन्धन चुनाव अघिल्लो दिन मात्रै हो, माधव नेपाल र प्रचण्डलाई भाग दिन्छ काँग्रेसले ?
चुनावको अघिल्लो दिनसम्म कांग्रेसले गठबन्धनलाई स्वीकार गर्ने उनको भनाइ छ । अरू पार्टीलाई सानो पार्टी भन्दै उनले चुनाव कांग्रेस र एमालेबीच मात्रै हुने बताए ।
‘माधव नेपाललाई भोट हाल्न कांग्रेस खोल्या हो ? मनको लड्डु घिउसित क्वाप्प–क्वाप्प । कांग्रेसलाई सिट पुग्दैन । उहाँ पार्टीमै विद्रोह गरेर जात्रा हुन्छ,’ उनले भने । आगामी चुनावमा बहुमत ल्याउन एमाले संगठन निर्माणमा जुटेको बाँस्कोटाले बताए ।
हिजो बैंक लुटेको पैसा खै ? त्यही कालोधन सेतो बनाउन खोजेको अर्थमन्त्रीले ?
नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले माओवादीले यसअघि कमाएको अवैध सम्पत्तिलाई वैध बनाउन प्रतिस्थापन विधेयक ल्याएको आरोप पनि लगाए ।
लगानीको स्रोत देखाउनु नपर्ने व्यवस्था ल्याएर कालोधनलाई सेतो बनाउने प्रयास भएको भन्दै उनले थपे – ‘केही क्षेत्रमा लगानी गर्दा स्रोत देखाउन नपर्ने भनिएको छ । यस्को तात्पर्य सीधा छ । सत्ताका गठबन्धनको कसैको अवैध पैसा छ । त्यो कालोधनलाई सेतो बनाउनुप¥यो’ हामीले प्रश्न उठाउनुपर्ने भयो कि हिजो बैंक लुटेको पैसा कहाँ छ ?’
सबैसँग चन्दा बटुलेर माओवादीले अकुत सम्पत्ति कमाएको आरोप पनि लगाउँदै उनले थपे – ‘किसानसित, कुखुरा र भैंसी व्यापारिसित पनि चन्दा उठाइयो । हिजो माष्टरले तलब बुझ्न पाएनन् । जसले तलब बुझ्छ, माओवादी पुगिहाल्थ्यो, आज माओवादीको अर्थमन्त्री हुँदा यो अवैध सम्पत्तिको श्रोत देखाउनु नपर्ने ? केही मान्छेले अवैध ढंगले कमाएको अकुत सम्पत्तिलाई वैधानिककरण गर्न विधेयकको प्रतिस्थापन विधेयक ल्याएर सुशासन आउँछ ?’ यस्तो व्यवस्थाले देश नै कालोसूचीमा पर्न सक्ने भन्दै उनले विरोध जनाए ।
महागठबन्धनको सरकारले एमसिसी पास गरे भैहाल्यो नि !
एमसीसीको विषय माओवादी अध्यक्ष प्रचण्डले गिजोलेको उनको आरोप छ । ‘एमसीसी गिजोलेको प्रचण्डले मात्रै हो । सत्तामा हुँदा एउटा कुरा, बाहिर हुँदा अर्को कुरा गर्छन् । वैदेशिक सहायता मजाकको कुरा हो ?,’ उनी भन्छन् ‘एमाले सरकार हुँदा संसदमा पेस गर्ने भनेका थियौं । रोकेको सभामुखले होइन ? कुनै पनि देशसँग पुँजी र प्रविधि सहयोग लिन सकिन्छ । तर स्वाधीनता र संविधानमाथि प्रश्न उठ्नु हुँदैन ।’
वैदेशिक सहयोगमा पुँजी र प्रविधि लिँदा, नेपालको सहयोगी देश संगको सम्बन्ध, सार्वभौम सत्ता र राष्ट्रिय स्वाधिनतासंग कुनै हालतमा गलत सम्झौता हुन नदिने उनले बताए ।
बाँस्कोटाले एमसिसी पारित गर्ने/नगर्ने विषय सरकारकै हातमा रहेको बताए । बाँस्कोटाले झण्डै दुई तिहाईको सरकारले एमसिसीका बारेमा एमालेलाई सोध्नै नपर्ने बताए । ‘उहाँहरुको त १६५ सिट, झण्डै दुई तिहाई छैन त ? झण्डै दुई तिहाईले गरे भैगो नि त एमसिसी’ उनले भने ।
सत्तापक्षले अगाडि बढाएपछि मात्रै एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाई छ । एमाले राष्ट्रियताको विषयमा स्पष्ट रहेको भन्दै उनले भने, ‘चीनसँग सम्झौता गर्दा साम्यवाद आउने, अमेरिकासँग सम्झौता गर्दा साम्राज्यवाद आउने, अनि भारतसँग सम्झौता गर्दा बिस्तारवाद आउँछ भन्ने लघुताभास एमालेलाई छैन ।’
चुनावमा प्रतिष्पर्धा एमाले र काँग्रेसबीच मात्रै, वर्तमान सरकार लम्पसारबादी
अबको चुनावमा काँग्रेस र एमालेबीच मात्रै प्रतिस्पर्धा हुने उनका भनाई छ । वर्तमान महागठबन्धन चुनाव अघि नै पतन भएर जाने बास्कोटाले बताए ।
बास्कोटाले वर्तमान सरकार लम्पसारबादी भएको आरोप लगाए । नक्सामा समेटिसकेको लिपुलेक, लिम्पीयाधुरा र कालापानी ल्याउन सरकारले कुनै पहल नगरेर लम्पसारबादी भएको उनको आरोप थियो । साथै, जयसिंह धामीको हत्यारा माथि कारवाही गर्नपनि सरकारले भारतमाथि कुनै दवाब दिन नसकेको उनले बताए ।
‘जयसिंह धामीको आत्मा महाकाली नदीमा भड्किरहेको छ, तर सरकार मौन छ, मिडिया पनि कुम्भकर्ण निन्द्रामा छन्,’ उनले भने । उनले भारतसँगको सीमा सम्बन्धी समस्या डाइभर्ट गर्न चीनतर्फको सीमाबारे अध्ययन समिति बनाएको आरोप लगाए ।
नेता बास्कोटाले नेपालको न्यायालय पनि सरकार जस्तै कम्फर्टेबल बनेको आरोप लगाए । कसैको ईशारामा न्यायालय चलिरहेको संकेत गर्दै उनले भने, ‘यो सरकार पनि कम्फर्टेबल सरकार हो, अनि न्यायालय पनि कम्फर्टेबल न्यायालय नै हो ।’ उनले अदालतले प्रधानमन्त्री तोकेर संविधानको वलात्कार गरेको समेत आरोप लगाए ।
सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध पनि बास्कोटाले आक्रोश व्यक्त गरे । प्रचण्ड धारा समातेर कानुनको धारा विपरित कार्य गर्दै गइरहेको भन्दै उनले नैतिकता भए राजीनामा दिइसक्नुपर्ने बताए ।
सरिता गिरीको पद एक छिनमै, एमाले आएका पूर्व माओवादीको पद केहि दिनमै खाइदिने सभामुखले १४ सांसदलाई कारबाही नगर्दासम्म संसद चल्न नदिने बाँस्कोटाले बताए ।
स्वतन्त्र प्रेसको घाँटी अठ्याउने विधेयक खारेज हुन्छ
पूर्व सञ्चारमन्त्री समेत रहेका नेता बास्कोटाले प्रदेशहरुमा ल्याइएको आमसञ्चार विधेयक स्वतन्त्र प्रेसको घाँटी अठ्याउने गरी आएको सुनेको आएको भन्दै विरोध जनाए ।
मिडिया स्वतन्त्र नभएको देशमा लोकतन्त्र जिवित नहुने भन्दै उनले मिडियालाई स्वतन्त्र छाडिनुपर्नेमा जोड दिए । तर, मिडियाले व्यवसायिक मर्यादा र पाठकप्रति जवाफदेहितामा चुक्न भने नहुने उनले बताए । ‘मिडिया विना लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन,’ उहाँ भन्नुहुन्छ, ‘तर मिडिया पनि पाठकको कठघरामा उभिनुपर्छ । आँफै करेक्सन हुनुपर्छ ।’
प्रदेशका मिडिया विधेयकहरु संघीय कानुनसँग बाझिएमा सैद्धान्तिक हिसाबले स्वतः निस्क्रिय हुने उनको भनाई थियो ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
होराइजन क्लब वालिङ्ले जित्यो २६ औं आदर्श कप
प्रेस चौतारी पत्रकारिता पुरस्कार रामजीलाई, विष्णुलाई सम्मान
पोखराका पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
प्रतिभा माविमा गणित हाजिरीजवाफ
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ