‘दशैंको टीका, तिहारको माला’ राजकुमार, सुरेश र लक्ष्मी खड्काले धादिङकै गाउँतिर लगाउने (भिडियो)

‘दशैंको टीका, तिहारको माला’ राजकुमार, सुरेश र लक्ष्मी खड्काले धादिङकै गाउँतिर लगाउने (भिडियो)

Dashainko teeka

जन्मेकै ठाउँतिर
दशैंको टीका, तिहारको माला, लाउने हो यसपाली गाउँतिर

गायक राजकुमार बानियाँ र सुरेश बानियाँ तथा गायिका लक्ष्मी खड्काले यही भन्दै दशैं विशेष नयाँगीत बजारमा ल्याएका छन् ।

यी तीन गायकगायिका जन्मेको ठाउँ भने धादिङको हो । गायक राजकुमारको नयाँ च्यानलमार्फत सार्वजनिक भएपनि छोटै समयमा लाख बढीले हेरिसकेको यो पर्व विशेष गीतलाई मन पराइएको छ ।

राजकुमारका सहोदर दाइ सुरेशले गीत गाएका मात्र छैनन्, एरेन्ज र कम्पोज पनि उनकै हो । गीतमा शब्द भने राजकुमारको हो । उनीहरुलाई स्वस्तिका बानियाँ, तारा गदाल, रवि सुनार र राजु सुनामले कोरसमा साथ दिएका छन् ।

भिडियो पनि सुन्दर बनेको छ । धादिङेले नै सञ्चालन गरेको जीवनज्योति बोर्डिङ स्कूल, तार्केश्वर, काठमाण्डौमा छायाँकन गरिएको भिडियोमा लोकप्रिय मोडल शंकर बिसी र एलिना रायमाझी फिचरिङ छन् । यस्तै, धादिङकै जगदीश गुभाजु पनि भिडियोमा देख्न सकिन्छ ।

बानियाँ दाजुभाइकै जलेश्वरी म्युजिकको प्रस्तुतमा गीत बजारमा आएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ