पोखरा । पोखराको नयाँबजारस्थित पोखरा बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई आज कोरोना विरुद्धका खोप ‘भेरोसेल’ लगाइएको छ ।
त्रिभुवन विश्वविद्यालयले सुरक्षाको मापदण्ड अपनाएर भौतिकरुपमै कक्षा सञ्चालन गर्न निर्देशन दिएपछि क्याम्पसले सम्भव भएसम्म विद्यार्थीलाई खोप प्रदान गर्ने तयारी थालेको थियो । सोही तयारीस्वरुप पोखरा महानगर स्वास्थ्य महाशाखाको समन्वयमा खोप उपलब्ध गराइएको क्याम्पस प्रमुख शिशुकला पराजुलीले जानकारी दिइन् ।
‘कक्षा सञ्चालनभन्दा पनि विद्यार्थीलाई सुरक्षित वातावरण उपलब्ध गराउनु आवश्यक ठान्यौ’ प्रमुख पराजुलीले भनिन् ‘हामीले महानगरको स्वास्थ्य शाखासँग अनुरोध गरेपछि आज विद्यार्थीलाई खोप प्रदान गरेका छौं ।’ अझै केही विद्यार्थीहरु पोखरा बाहिर भएको जनाउँदै पराजुलीले यथाशक्य खोप प्रदान गर्ने बताइन् । आज क्याम्पस परिसरमा २ सय ५२ विद्यार्थीले भेरोसेलको पहिलो डोज लगाएका छन् ।
पहिलो डोज लगाएका विद्यार्थीलाई निर्धारित समयमा दोस्रो डोज उपलब्ध गराउने क्याम्पस प्रशासनले जनाएको छ । यससँगै बिहीबारदेखि सुरक्षाको सम्पूर्ण मापदण्ड अपनाई भौतिकरुपमै कक्षा सञ्चालन हुने भएको छ ।
विश्वविद्यालयबाट ‘क्यूएए’ प्रमाणपत्र लिने तयारीमा रहेको क्याम्पसले पोखराको शान्तिवन नजिकै आफ्नै स्वामित्वको जग्गामा भवन निर्माण सुरु गरेको छ ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ