प्रतिनिधि सभाको बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने

प्रतिनिधि सभाको बैठक बस्दै, आर्थिक विधेयकमाथि छलफल हुने

samsad

काठमाडौँ । प्रतिनिधिसभा बैठकको आज (बिहीबार) बस्दैछ ।

दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची तय भएको छ ।

आजको बैठकमा आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।

बैठकमा राजनितिक दलसम्वन्धी अध्यादेशको प्रतिस्थापन विधेयकसमेत पेश हुन सक्ने बताइएको छ ।

प्रतिनिधि सभाको जारी अधिवेशन सुरु भएपछिका सबै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गर्दै आएको छ ।

अवरोधकैबीच सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमालेले आज पनि संसद अवरोध गर्ने जनाएको छ ।

एमालेले कारबाही गरेका १४ सांसद् पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुखलाई एमालेले आग्रह गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ