एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल

beduram-bhusal

काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वको नेकपा ‘एकीकृत समाजवादी’ को महासचिव डा. बेदुराम भुसाल चयन भएका छन्।

बुद्धनगरमा बसेको पार्टीको केन्द्रीय कमिटीको बैठकले महासचिवमा भुसाललाई चयन गरेको हो।

मंगलबार सुरु भएको केन्द्रीय कमिटीको बैठकमा भुसालसँगै नेताहरु गंगालाल तुलाधर, विजय पौडेल, मुकुन्द न्यौपाने, प्रकाश ज्वाला लगायतले पनि महासचिवका लागि दाबी गरेका थिए। तर भुसाललाई महासचिव बनाउन सहमति सचिवालयका नेताहरुबीच जुटेको हो ।

भुसाल महासचिव भएको घोषणा आज केन्द्रीय कमिटीको बैठक समापन भएपछि हुनेछ। बैठकबाट केन्द्रीय कमिटीको विस्तार, ३ महिने अभियानको खाका बनाउने, स्थायी कमिटी र पोलिटब्युरो विस्तार लगायतका निर्णय हुने नेताहरुले बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ