प्रतिनिधिसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित

प्रतिनिधिसभाबाट आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पारित

Janardan-Sharma-Samsadma

काठमाडौँ । प्रतिनिधिसभाबाट आर्थिक र राष्ट्रिय ऋण उठाउने विधेयक पारित भएको छ ।

बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधकाबीच ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ पारित भएको हो ।

बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले ती दुई विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए ।

बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘विनियोजन विधेयक २०७८’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही असोज ११ गते दिउँसो २ बजे बस्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ