नेपाली कांग्रेस, पोखरा महानगरको उपसभापतिमा २२ वर्षीय निर्दोषको उम्मेदवारी

नेपाली कांग्रेस, पोखरा महानगरको उपसभापतिमा २२ वर्षीय निर्दोषको उम्मेदवारी

nirdosh bikram

आशिष पुरी, पोखरा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढिरहेको समयमा नेपाली कांग्रेस कास्कीको वडा अधिवेशन सम्पन्न भइसकेको छ । नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशन असोज ९ गतेलाई तोकिएको छ ।

नेपाली कांग्रेसको तल्लो तहबाट नै युवाको बाक्लो उपस्थिति रहेको कास्कीमा यसपटक पोखरा महानगरको निर्वाचनमा उप-सभापति पदमा २२ वर्षीय निर्दोष विक्रम पौडेलले उम्मेद्वारी दर्ता गरेका छन् ।

देशकै भौगोलिक रुपले सबै भन्दा ठूलो महानगर पोखरा महानगरमा निर्दोषको उम्मेद्वारी अर्थपूर्ण रहेको जानकारहरु बताउँछन् ।

पोखरामा नेविसंघको राजनीतिमा सक्रिय पौडेल आफ्ना पिताको प्रेरणाले राजनीतिमा होमिएका हुन् । गण्डकी अञ्चलका तत्कालीन समयका चर्चित विद्यार्थी नेता अर्जुन पौडेलका पुत्र हुन् निर्दोष विक्रम पौडेल ।

जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत पौडेल नेविसंघ जनप्रिय बहुमुखी क्याम्पसको वरिष्ठ उपाध्यक्ष हुन् । पोखरामा उच्च माध्यमिक तह अध्ययन हुने विद्यालयमा नेविसंघको संगठन बिस्तारमा भूमिका गरेका पौडेल युवा पंक्तिमा लोकप्रिय छन् ।

३ वटै क्षेत्रमा फैलिएको पोखरा महानगरमा युवा उम्मेद्वार निर्दोष उपसभापति उम्मेद्वारहरु मध्ये बलिया उम्मेद्वार हुन् । करिब १३६० मतदाता (क्षेत्रीय प्रतिनिधि) रहेको निर्वाचन रोचक दृश्यकासाथ हेरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ