चुनावमा हार्नेहरु कतिपय आफू बाहिरिएसँगै संस्थालाई फर्केर पनि नहेर्ने गरेको पाइन्छ । विभिन्न कारणले हराइयो, हराइदिए भन्दै मनमा तुष पालेर बस्छन्, चुनावका प्रतिपक्षीलाई सधैं प्रतिपक्ष व्यवहार गरेर असहयोग गर्ने पनि हुन्छन् । तर यहाँ उदाहरण लायक काम भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको महाधिवेशनमा पराजित भएकाहरुले नवनिर्वाचित नेतृत्वलाई बधाई र सम्मानका लागि कार्यक्रम नै आयोजना गरेको छ । उपविजेता उम्मेदवारहरुले सम्मान तथा बधाई ज्ञापन गरेका हुन् ।
संघको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा नवनिर्वाचित अध्यक्ष क्षत्रधर आत्रेयले संस्थाको प्रचलनभन्दा एक कदम अघि बढेर आयोजना गरिएको यस कार्यक्रम सह्रानीय भएको बताउँदै सबैले अनुशरण गर्नुपर्ने बताए । उनले यसपालिको संघको निर्वाचनमा बजारमा अनावश्यक चर्चा भएको बताउँदै निर्वाचनपछिको परिणामले हल्ला भएजस्तो प्रभाव नदेखिएको दाबी गरे । व्यवसायीले राजनीतिक रुपमा नभई विशुद्ध व्यवसायीको प्रतिनिधिको रुपमा मतदान गरेको उनको भनाइ छ ।
संघमा प्रथम उपाध्यक्षका उपविजेता प्रकाशलाल श्रेष्ठले अनावश्यक हल्लाको पछि नलागी एकता, सद्भाव र समुन्नतिको लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।
संघका निवर्तमान अध्यक्ष बलराम ढकालले उपविजेताले सम्मान गरेको कार्यक्रम नेपालमै पहिलो भएको दाबी गरे । उनले यो क्षण ऐतिहासिक, अविस्मरणीय र उदाहरणीय भएको बताउँदै प्रशंसा गरे । संघको पूर्वनिर्धारित कार्यक्रम रोकिएको विषय तोडमोड एवं काल्पनिक कुरा गरेर दिग्भ्रमित पार्ने काम गरिएको बताउँदै यसतर्फ आत्मालोचित हुनुपर्ने उनको ठहर छ । चुनावका बेला देखिएको राजनीतिक प्रभावतर्फ संकेत गर्दै परिणामपछि पनि केही तत्वले बिकाउ कुरा गरेर भ्रम छर्न खोजेको र खेल्न खोजेकोमा आक्रोश व्यक्त गर्दै सत्य सधैं सत्य हुने र त्यसरी खेल्न खोज्नेहरु नै पत्तासाप हुने चेतावनी दिए ।
कार्यक्रम संयोजक धीरजकुमार श्रेष्ठले विजयी उम्मेदवारले उपविजेतालाई बोलाउने प्रचलनभन्दा माथि उठेर बधाई एवं सम्मान कार्यक्रम आयोजना गरिनुले सकारात्मक सन्देश प्रवाह हुने बताए ।
तस्वीरः लेखनाथ खबर
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’