ईपीएल : काठमाडौं किंग्सको ललितपुरमाथि शानदार विजय

ईपीएल : काठमाडौं किंग्सको ललितपुरमाथि शानदार विजय

epl

चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ईपीएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ललितपुर पट्रियोट्स पराजित भएको छ। ललितपुर पट्रियोट्सलाई काठमाडौं किंग्स इलेवेनने ७ विलेटले हराएको हो। १५८ रनको लक्ष्य पाएको काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाउँदै १६० रन जोडेर लक्ष्य पूरा गरेको हो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भर्खरै सम्पन्न खेलमा टस जितेर बलिङ रोजेको काठमाडौंले १५८ रनको लक्ष्य पाएको थियो।

जवाफी ब्याटिङमा काठमाडौंका रहमनुल्लाग गुरबज र र्यान बर्लए अर्धशतक प्रहार गरे। गुरबजले ३६ बलमा ४ छक्का र चार चौकासहित ५९ रन बनाएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds