एमाले बैठकः समूहगत छलफलमा नउठेका सवालको नेताहरुले जवाफ दिँदै

एमाले बैठकः समूहगत छलफलमा नउठेका सवालको नेताहरुले जवाफ दिँदै

uml-central-committee

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे शुरु हुने बैठकमा विधान महाधिवेशनका प्रस्ताव पारित गर्ने तयारी छ ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा अस्ति शुक्रबारदेखि सुरु भएको बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि समूहगत रुपमा आएका धारणाको जवाफपछि पारित गर्ने तयारी रहेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

आजको बैठकमा राजनीतिक प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओली, साङ्गठानिक प्रतिवेदनमा महासचिव ईश्वर पोखरेल र विधान मस्यौदा प्रस्तावमा उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिनेछन्।

यसअघि हिजोको बैठकमा १० समूहमा विभाजित टोली नेताले राजनीतिक, साङ्गठानिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी आ–आफ्नो समूहबाट सुझाव प्रस्तुत गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds