पोखरा । नेपाली कांग्रेस कास्कीको माछापुच्छ्रे गाउँपालिका सभापतिमा वीरेन्द्र गुरुङ निर्वाचित भएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गाउँपालिकाको आज सम्पन्न अधिवेशनमा मधुसुदन अधिकारीलाई पराजित गर्दै गुरुङ सभापतिमा निर्वाचित भएका हुन् ।
गुरुङ ९१ मत ल्याएर सभापति निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी मधुसूदन अधिकारीले वीरेन्द्रकोभन्दा १५ मत कम ल्याएका थिए ।
सभापतिमा निर्वाचित गुरुङ गाउँपालिकाको वडा नं १ को वडाध्यक्ष समेत हुन् ।
उपसभापतिमा रामबहादुर गुरुङ र मीनबहादुर गुरुङ निर्वाचित भएका छन् । उनीहरुले क्रशमः ८७ र ८८ मत ल्याए ।
यस्तै, सचिवमा केशवराज अधिकारी ९३, सञ्जय लम्साल ७५ मत का साथ विजयी बने भने सहसचिवमा महादेव गुरुङ ८८ र बालकृष्ण गौतम ८३ मतका साथ विजयी भएको बताइएको छ ।
सदस्यमा महिलातर्फ वडा नं १ बाट जमुना पुन, वडा नं २ बाट जमुना गुरुङ, वडा नं ३ बाट सीता भुजेल, ४ बाट पुमाकुमारी शर्मा, ५ बाट ईन्द्रकुमारी गुरुङ, ६ बाट सावित्री गौतम, ७ बाट किरण उचाई क्षेत्री, ८ बाट तारा गौतम र ९ बाट अजिता तामाङ चयन भए ।
त्यसैगरी १८ पदका लागि पुरुषतर्फ वडा नं १ (क) बाट ईन्द्रबहादुर गुरुङ र (ख) हुमबहादुर गुरुङ , वडा नं २ (क) बाट भिमबहादुर गुरुङ र (ख) तिलकुमारी तामाङ, वडा नं ३ (क) बाट नवीनकुमार श्रेष्ठ र (ख) भीममाया श्रेष्ठ, वडा नं ४ (क) बाट लिलाधर ढकाल र (ख) बलराम अधिकारी, वडा नं ५ (क) बाट राजुप्रसाद ढुंगाना र (ख) श्यामबहादुर गुरुङ निर्वाचित भए ।
यसैगरी वडा नं ६ (क) बाट दिनानाथ दवाडी र (ख) नन्दलाल ढुंगाना, वडा नं ७ (क) बाट लेखा गुरुङ र (ख) विनय गुरुङ, वडा नं ८ (क) बाट अर्जुन दमाई र (ख) नारायण अधिकारी र वडा नं ९ (क) बाट खुसीमान गुरुङ र (ख) चन्द्रबहादुर पौडेल क्षेत्री निर्वाचित भए । गाउँपालिकामा क्षेत्रीय प्रतिनिधि र वडा ईकाई सभापति गरी १७१ मध्ये १६९ मत खसेको थियो ।
सम्बन्धित खबर
अपिहिमाल र अर्जुनचौपारीबीच विकास साझेदारी : पाँच वर्षीय भगिनी सम्बन्ध सम्झौता
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’