मष्तिस्कघातका कारण काठमाण्डौमा उपचाररत पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको अन्तिम शल्यक्रिया सफल भएको छ । मेयरका प्रेस संयोजक माधव बरालका अनुसार सोमबार मेयर जिसीको शल्यक्रिया सफल भएको हो ।
काठमाडौं बाँसबारीस्थित न्यूरो हस्पिटलमा कार्निओप्लाष्टी अपरेशन भएको हो । अपरेशनपछि मेयरलाई पोष्ट अपरेटिभ वार्डको आइसियुमा राखिएको बरालले बताए । शल्यक्रियामा संलग्न चिकित्कसले अपेरशन सफल भएको जानकारी दिएका छन् ।
गत १ साउनमा पोखरास्थित निवासमै मष्तिस्कघात भएपछि मेडिप्लस, मनिपाल हुँदै हेलिकोप्टमार्फत् काठमाण्डौ लगिएकोमा मेयर जिसी उतै बसी बाँसबारीमा उपचार गराउँदै आएका छन् । पछिल्लो समय छोरीकै हेरचाहमा उनकै घरमा बसी स्वास्थ्यलाभ गरिरहेका छन् । मेयर जिसीको गत हप्ता अपरेशन गर्ने तयारी गरिएको भएपनि पिसाबमा इन्फेक्शन देखिएपछि एक हप्ता सारिएको हो ।
मष्तिस्कघात भएपछि पहिलो अपरेशन गर्दा टाउकोको माथिल्लो हड्डी बाहिर निकालिएकोमा अहिले पुनः त्यही हड्डी टाउकोमै प्रत्यारोपण गरिएको हो । प्रेस संयोजक बरालले टाउकाकोे टाँका खोलेपछि मेयर जिसी पोखरा आउने जानकारी दिए ।
मष्तिस्कघातपछि एक हरमा समस्या देखिएकाले फिजियोथेरापी जारी राख्नु पर्ने भएपनि अन्य उपचार अब पूरा भएको छ । एमाले नेता एवं कास्कीका सांसद खगराज अधिकारीले मेयर जिसीलाई भेटेपछि फेसबुक वालमा तस्विर पोष्ट गर्दै अब मेयर जिसी छिट्टै पोखरा फर्कने बताएका छन् ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा