पाेखरा–जाेमसाेम नियमित उडान असाेज २३ गतेदेखि

पाेखरा–जाेमसाेम नियमित उडान असाेज २३ गतेदेखि

Tara-Air-660×330

पाेखरा–जाेमसाेम हवाई सेवा असाेज २३ गतेदेखि नियमित हुने भएकाे छ । दशैँलाई केन्द्रित गरि त्यस अघिदेखि नै पुन: सञ्चालन हुने तारा एयरले जनाएकाे छ ।

यति एअरकाे भगिनी कम्पनी तारा र समिट एअरले पाेखरा जाेमसाेम उडान भर्दै अाएकाे छ । तर, काेराेना संक्रमणका कारण प्रमुख पर्यटकीय स्थल मुक्तिनाथ मन्दिर बन्द रहेकाे र विदेशी पर्यटककाे आवागमन पनि ठप्प रहेकाले उडान हुन सकेकाे थिएन ।

दशैंको बिदामा जोमसोम भ्रमणमा जाने यात्रुलाई लक्षित गरी पोखराबाट नियमित हवाई सेवा शुरु हुने भएको हाे । त्याे बेलासम्म केही मात्रामा विदेशी पर्यटक पनि नेपाल आउन सक्ने अपेक्षा गरिएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ