संसद विघटन सही थियो, एमाले विधान महाधिवेशन नेपालीको भविष्यसँग जोडिएको छ: बादल

संसद विघटन सही थियो, एमाले विधान महाधिवेशन नेपालीको भविष्यसँग जोडिएको छ: बादल

ram-bahadur-thapa-badal

काठमाडौं । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले संसद विघटन सही थियो भन्ने पार्टीको आधिकारिक मत भएको बताएका छन् । यद्यपि विघटन बेठीक थियो भन्ने मत पनि पार्टीमा रहेको उनले बताए ।

भोलिदेखि शुरु हुने विधान महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बादलले भने, ‘संसद विघटन सही थियो भन्ने पार्टीको निर्णय हो ।’

एमाले विधान महाधिवेशन नेपालीको भविष्यसँग जोडिएको छ

बादलले एमालेको विधान महाधिवेशन नेपाल र नेपालीहरूको भविष्यसँग जोडिएको बताए । ‘यो प्रत्यक्ष रूपमा नेपाल र नेपालीहरूको भविष्य र समृद्धिसँग जोडिएको छ,’ बादलले भनेका छन् ।

एमाले विधान महाधिवेशन समाजवादी कार्यक्रमसँग पनि जोडिएको बादलले बताए । ‘यो महाधिवेशनले नेतृत्व छान्दैन,’ बादलले भने, ‘यसले नीति बनाउँछ, नियम बनाउँछ । यसैले यो समृद्धिसँग जोडिको छ । यो समाजवादसँग जोडिएको छ ।’

एमालेले असोज १५ (भोलि) देखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ, जहाँ ६ हजार प्रतिनिधिहरूको सहभागिता रहने एमालेले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ